ग्लोबल


इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्न थालेपछि हमासले दियो ४ बन्धकको शव

इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्न थालेपछि हमासले दियो ४ बन्धकको शव

नेपालखबर
फागुन १५, २०८१ बिहिबार ८:५७, काठमाडौँ

इजरायलले ६०० प्यालेस्टिनी कैदी रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीको अन्तिम आदानप्रदान हो। 

हमासका अनुसार ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रातको शव फिर्ता गरेको हो। 

७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा हमासले उनीहरूलाई बन्धक बनाएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी बन्धकको शव फिर्ता भएको पुष्टि गरेका छन्।

यसअघि फागुन ८ गते पनि हमासले चार बन्धकको शव इजरायललाई सुम्पेको थियो। 

जनवरी १९ देखि इजरायल र हमासबीच युद्धविराम भएयता बन्धक र कैदी आदानप्रदान भइरहेको हो। 

यस क्रममा हमासले ६ खेप गरेर जीवित २४ जना बन्धक रिहा गरेको छ भने सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।

अब इजरायलले ६०० प्यालेस्टिनकी कैदी रिहा गर्न सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।   

तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad