भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको द्विपक्षीय वार्ताबारे भारतीय विदेश मन्त्रालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिअनुसार मोदी र ट्रम्पले रक्षा, व्यापार, लगानी, ऊर्जा सुरक्षा र प्रविधि लगायत विभिन्न विषयमा कुराकानी गरे।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एफ-३५ लडाकु विमानबारे भने उल्लेख गरिएको छैन।
तर ह्वाइट हाउसमा मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले भारतलाई अत्याधुनिक एफ-३५ लडाकु विमान दिने घोषणा गरेका थिए।
के के भयो?
भारतीय विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनेको छ- दुई देशले रक्षा सम्बन्ध अझ अगाडि बढाउन अमेरिका-भारत प्रमुख रक्षा साझेदारीका लागि दसवर्षे ढाँचामा हस्ताक्षर गर्नेबारे कुरा गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले २०३० सम्ममा अमेरिकासँगको व्यापार दोब्बर पार्ने पनि बताएका छन्।
ट्रम्पले मुम्बई आक्रमणको मुद्दामा भारतमा खोजिएका तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा पनि गरेका छन्।
Shares

प्रतिक्रिया