ग्लोबल


क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष

क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष

मन्नु कश्यप र रजत कुमार


नेपालखबर
फागुन १, २०८१ बिहिबार १५:०, काठमाडौँ

भारतीय क्रिकेटर ऋषभ पन्तलाई सवारी दुर्घटनाबाट उद्धार गरी ज्यान बचाउने युवकले आफ्नी प्रेमिकासँगै विष पिएका छन्।

भारतीय पत्रिका आजतकका अनुसार २५ वर्षीय रजत कुमारले २१ वर्षीया प्रेमिका मन्नु कश्यपसँगै विष पिएका हुन्।

प्रेमिका मन्नुको उपचारका क्रममा मृत्यु भयो भने रजत रुडकीको एक निजी अस्पतालमा उपचाररत छन्। 

रजत र मन्नु फरक समुदायका भएकाले केटीको परिवारले उनीहरूको प्रेम सम्बन्ध स्वीकार नगरेका कारण उनीहरूले सँग मर्ने योजनाका साथ विष पिएको बताइएको छ। परिवारले केटीको विवाह अर्कैसँग गरिदिन लागेका थिए। 

सन् २०२२ डिसेम्बरमा हरिद्वारको गुरुकुल नरसनमा सवारी दुर्घटनामा परेका क्रिकेटर ऋषभ पन्तलाई रजत र उनकै गाउँका अर्का युवक निशुले उद्धार गरी बचाएका थिए। 

कारखानाबाट आफ्नो गाउँ फर्कंदै गर्दा उनीहरूले ऋषभ पन्तलाई दुर्घटनाग्रस्त जलिरहेको कारबाट निकालेर अस्पताल पुर्‍याएका थिए।

यसबापत ऋषभ पन्तले रजत र निशुलाई एक/एकवटा स्कुटर उपहारसमेत दिएका थिए।

त्यसपछि ऋषभले सामाजिक सञ्जालमा पोस्ट गर्दै रजत र निशुलाई धन्यवाद दिएका थिए।

उनले लेखेका थिए, ‘म सबैलाई व्यक्तिगत रूपमा धन्यवाद दिन सक्दिनँ, तर मेरो दुर्घटनाको समयमा मलाई मद्दत गर्ने र मलाई सुरक्षित रूपमा अस्पताल पुर्‍याउने यी दुई नायकप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ। धन्यवाद, रजत कुमार र निशु कुमार। म तपाईंहरूप्रति सधैँ आभारी र ऋणी रहनेछु।’

रजत र उनकी प्रेमिकाले विष पिएको विषयमा अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। तर पनि प्रहरीले घटनाको हरेक कोणबाट अनुसन्धान गरिरहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad