अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलोन मस्कको कम्पनी टेस्लासँग ४० करोड डलर मूल्यका सवारीसाधन किन्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयको नयाँ दस्तावेजले आर्थिक वर्ष २०२५ मा उक्त सवारीसाधन खरिद गर्ने कुरा खुलेको हो।
टेस्लाका मालिक इलोन मस्क ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागका प्रमुख पनि हुन्।
उक्त विभागको काम सरकारका कर्मचारी र खर्च कटौती गरेर भ्रष्टाचार घटाउनु हो।
अमेरिकी सरकारले कुन-कुन सवारीसाधन किन्न लागेको हो भन्ने कुराचाहिँ दस्तावेजमा खुलाइएको छैन।
तर टेस्लाको साइबर ट्रक हुन सक्ने अनुमान गरिएको छ।
966
Shares

प्रतिक्रिया