ग्लोबल


दिल्ली चुनाव अपडेट: पछि परे केजरीवाल

दिल्ली चुनाव अपडेट: पछि परे केजरीवाल

फाइल तस्बिर: अरविन्द केजरीवाल


नेपालखबर
माघ २६, २०८१ शनिबार १२:१७, काठमाडौँ

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ।

यसैबीच जारी मतगणनामा नयाँ दिल्ली सिटमा उम्मेदवार बनेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल फेरि पछाडि परेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो चरणको मतगणनापछि केजरीवाल भारतीय जनता पार्टीका प्रवेश वर्माभन्दा ७४ मतले पछाडि थिए, तर दोस्रो चरणको मतगणनापछि उनी २५४ मतले अगाडि थिए।

आठ चरणको मतगणना पछि अहिले फेरि उनी प्रवेश वर्माभन्दा ४३० मतले पछि परेका छन्।

प्रवेश वर्माले १६९०३ पाएका छन् भने केजरीवालले १६४७३ मत पाएका छन्। यसैगरी भारतीय कंग्रेसका सन्दीप दीक्षितले २८१२ मत पाएका छन्।

नयाँ दिल्ली सिट केजरीवालको हो। यसलाई प्रतिष्ठाको प्रश्न मानिएको छ।

मतगणनाका धेरै चरण बाँकी भए पनि, प्रारम्भिक नतिजाले आपमा चिन्ता बढाएको छ।

अहिलेसम्मको मतगगणनामा दिल्ली विधानसभा ७० सिटमध्ये भाजपा ४२ सिटमा अगाडि र आम आदमी पार्टी २८ सिटमा अगाडि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर कंग्रेस अहिलेसम्म एउटा सिटमा पनि अगाडि देखिएको छैन। 

दिल्लीमा २७ वर्षपछि फेरि भाजपाले सरकार बनाउने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad