यूएसएआईडीका हजारौँ कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि छुट्टीमा राखिने सो एजेन्सीले जनाएको छ। मुख्य नेतृत्व, विशेष कार्यक्रममा खटिएका बाहेक सबैलाई छुट्टीमा राखिने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यूएसएआईडी बन्द गर्न सहमत भएसँगै सो कदम चालिएको हो।
यूएसएआईडीले विदेशमा खटिएका कर्मचारीलाई एक महिनाभित्र स्वेदश फर्किने खर्च उपलब्ध गराउन विदेश मन्त्रालयसँग समन्वय गरिने बताएको छ।
काममा निरन्तरता दिने कर्मचारीलाई भने बिहीबारभित्र जानकारी दिइने बताइएको छ।
यूएसआईडीको वेबसाइटमा राखिएको सन्देश ‘तपाईंको सेवाका लागि धन्यवाद’ भन्दै टुंग्याइएको छ।
यो एजेन्सी एक सयभन्दा बढी मुलुकमा सक्रिय छ। जसमा १० हजारभन्दा बढी कर्मचारी छन्।
दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले सरकारी खर्च कटौतीमा जोड दिँदै आएका छन्। उनले त्यसका लागि अर्बपति इलोन मस्कलाई जिम्मेवारी दिएका छन्। मस्कले यूएसएआईडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए।
यही साता विदेशमन्त्री मार्को रुबियो यूएसएआईडीको कार्यकारी प्रमुख बनेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया