ग्लोबल


कुम्भ मेलामा भागदौड मच्चिएपछि मुख्यमन्त्री योगीको अपिल- संगम नोज नजानू

कुम्भ मेलामा भागदौड मच्चिएपछि मुख्यमन्त्री योगीको अपिल- संगम नोज नजानू

कुम्भ मेलामा भागदौडमा च्यापिएकी महिलालाई बचाउँदै प्रहरी र उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको फाइल तस्बिर।


नेपालखबर
माघ १६, २०८१ बुधबार १०:३१, काठमाडौँ

प्रयागराजको कुम्भ मेलामा भागदौड मच्चिएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भक्तहरूलाई संगम नोजमा नजान अपिल गरेका छन्।

मुख्यमन्त्री योगीले त्यहाँ पुग्ने प्रयास नगर्न र आफू रहेकै घाटमा स्नान गर्ने प्रयास गर्न आग्रह गरेका छन्। 

बीबीसी हिन्दीका अनुसार मंगलबार अबेर राति अर्थात् बुधबार बिहान भागदौड संगम नोजनजिकै भएको थियो।

भारतीय सञ्चारमाध्यमहरूले भागदौडमा मृत्यु हुनेको संख्या फरक-फरक लेखिरहेका छन्। 

हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ। 

संगम नोज प्रयागराजमा स्नानका लागि सबैभन्दा महत्त्वपूर्ण स्थान मानिन्छ। यहीँ यमुना र पौराणिक सरस्वती नदी मिसिन्छन्। 

भक्तजनहरूले यस स्थानमा स्नानलाई सर्वोच्च महत्त्व दिन्छन्।

कुम्भमा यति ठूलो भीडलाई ध्यानमा राख्दै नदी किनारमा ठाउँ बढाइएको छ ताकि प्रत्येक घण्टा दुई लाख भक्तजनले स्नान गर्न सकून्।

पहिले प्रतिघण्टा ५० हजार मानिस नुहाइरहेका थिए।

संगमबाट आएको रिपोर्टअनुसार ठूलो भीड संगमतिर आउन थालेपछि अराजकता सुरु भयो। त्यहाँ उपस्थित प्रहरी बललाई परिस्थिति सम्हाल्न गाह्रो भयो।

जसले गर्दा भागदौड मच्चियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad