ग्लोबल


हमासले अर्बेल येहुदसहित थप ६ बन्धक रिहा गर्ने

हमासले अर्बेल येहुदसहित थप ६ बन्धक रिहा गर्ने

अर्बेल येहुद


नेपालखबर
माघ १४, २०८१ सोमबार ९:१८, काठमाडौँ

उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन्।

रिहा गरिने बन्धकमा सर्वसाधारण इजरायली नागरिक अर्बेल येहुद पनि छिन्। सर्वसाधारणलाई रिहा नगरिएको भन्दै इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन।

हमासले शनिबार पनि चार बन्धकलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई रिहा नगरेपछि इजरायलले हमासले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाएको थियो। 

गाजामा युद्धविराम सम्झौता लागू भएदेखि हमासले अहिलेसम्म ७ जना बन्धकलाई रिहा गरिसकेको छ। बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी छाडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad