ग्लोबल


नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने ट्रम्पको घोषणा

‘५०० अर्ब डलर लगानी, १ लाख नयाँ रोजगारी’
नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने ट्रम्पको घोषणा

ट्रम्पले एआई प्रवर्द्धन गर्न नयाँ कम्पनी स्थापनाको घोषणा गरेका छन्।


नेपालखबर
माघ ९, २०८१ बुधबार १३:५२, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रवर्द्धन गर्ने सम्बन्धमा ठूलो घोषणा गरेका छन्।

बीबीसीका अनुसार ट्रम्पले यसका लागि ५०० अर्ब डलरको लगानी गरिने र यसले एक लाख नयाँ रोजगारी पनि सिर्जना हुने बताएका हुन्।

यो लगानी आगामी पाँच वर्षमा ओरेकल, ओपन एआई र सफ्ट बैंकजस्ता ठूला प्रविधि कम्पनीले गर्नेछन्।

यसका लागि ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी 'स्टारगेट' स्थापना गर्ने घोषणा गरेका छन्।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम पहिले नै भइरहेको बताएका छन्। जहाँ १० वटा भवन निर्माणाधीन छन् र यसलाई बढाएर २० पुर्‍याइनेछ।

यसका साथै ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले दाबी गरे, ‘यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्पबिना हुन सक्दैनथ्यो।’

यसैबीच सफ्टबैंक कम्पनीका मासायोसी सनले ट्रम्पका शब्द दोहोर्‍याए, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad