ग्लोबल


एक अफगानी कैदीको बदलामा तालिबानले गर्‍यो २ अमेरिकी रिहा

एक अफगानी कैदीको बदलामा तालिबानले गर्‍यो २ अमेरिकी रिहा

पत्नी अन्ना कोर्बेटका साथ रायन कोर्बेट


नेपालखबर
माघ ८, २०८१ मंगलबार २२:९, काठमाडौँ

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल समाप्त हुनुभन्दा ठीकअगाडि अफगानिस्तानमा तालिबानको हिरासतमा रहेका दुई अमेरिकीलाई रिहा गरिएको छ।

तालिबान र अमेरिकी प्रशासनबीच भएको सम्झौताअनुसार लागुऔषध तस्करी र अतिवादको आरोपमा अमेरिकामा थुनामा रहेका एक अफगानी कैदीको रिहाइको बदलामा २ अमेरिकीलाई मुक्त गरिएको हो। 

बीबीसीका अनुसार अमेरिकी नागरिक रायन कोर्बेट र विलियम वालेस म्याकएन्टीलाई तालिबान सरकारले रिहा गरेको हो। 

धेरै वर्षदेखि आफ्नो परिवारसँग अफगानिस्तानमा बसेका कोर्बेटलाई २ वर्षअघि तालिबानले पक्राउ गरेको थियो।

अफगानी नागरिक खान मोहम्मद क्यालिफोर्नियाको संघीय जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए।

दुई वर्षदेखि सम्झौतामा पुग्ने प्रयास भइरहेको थियो। यसमा कतारले मध्यस्थता गरेको बताइएको छ।

यो सम्झौता तालिबान सरकारले घोषणा गरेको थियो, जुन राष्ट्रपति जो बाइडेनको कार्यकाल समाप्त हुनुभन्दा अगाडि नै भएको थियो।

खान मोहम्मद तालिबानका सदस्य थिए र अमेरिकी सैन्य कारबाहीका क्रममा अफगानिस्तानमा पक्राउ परेका थिए। उनलाई २००८ मा सजाय सुनाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad