ताइवानमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। जसको धक्का हङकङमा पनि महसुस गरिएको छ।
ताइवानमा मंगलबार मध्यराति भूकम्प गएको हो। हङकङ अब्जर्भेटरीले मध्यराति १२:१७ बजे करिब १० किलोमिटर (६ माइल)को गहिराइमा भूकम्प गएको बताएको छ।
यसको केन्द्रबिन्दु चियायीको दक्षिणपूर्व रहेको छ। जुन, हङकङबाट ६७० किलोमिटर पूर्वमा पर्दछ।
अब्जर्भेटरीले हङकङका बासिन्दाबाट केही सेकेन्डसम्म हल्लाएको १०० भन्दा बढी रिपोर्टहरू प्राप्त भएको बताएको छ। कम्पन घरभित्र बस्दा महसुस गर्न सकिने खालको थियो।
ताइवानमा भने भूकम्पले क्षति पुर्याएको छ। वास्तविक क्षति बाहिर नआइसकेको भएता पनि हालसम्म १५ जनालाई सामान्य चोटपटक लागेको पुष्टि भएको ताइवानको दमकल विभागलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
घाइतेमा हुनेमा एक महिनाको बच्चा पनि छन्। घाइतेहरूलाई ताइनानस्थित नान्सीमा भत्केको एक घरबाट उद्धार गरिएको सीएनएनमा उल्लेख छ।
त्यस्तै, प्रान्तीय राजमार्ग रहेको झुवेई पुलमा पनि क्षति पुगेको बताइएको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पलाई ६.४ म्याग्निच्युड रेकर्ड गरेको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ।
Shares

प्रतिक्रिया