ग्लोबल


शपथलगत्तै पुटिनसँग फोन वार्ताको व्यवस्था मिलाउन ट्रम्पको निर्देशन

शपथलगत्तै पुटिनसँग फोन वार्ताको व्यवस्था मिलाउन ट्रम्पको निर्देशन

फाइल तस्बिर : ट्रम्प र पुटिन


नेपालखबर
माघ ७, २०८१ सोमबार १७:३८, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टोलीलाई रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ताको व्यवस्था गर्न निर्देशन दिएको रुसी समाचार एजेन्सी टासले जनाएको छ।

टासका अनुसार स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनवरी २० मा आफ्नो शपथ ग्रहण समारोहपछिको पहिलो दिन आफ्नो टिमलाई रुसी राष्ट्रपति पुटिनसँग फोन कलको व्यवस्था गर्न निर्देशन दिएको उल्लेख गरेको छ।

वार्ताको एउटा उद्देश्य युक्रेनमा द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न ‘आगामी महिनामा प्रत्यक्ष भेटघाटबारे छलफल गर्नु’ हुनेछ।

ट्रम्पले आफू राष्ट्रपति बनेसँगै युक्रेन र रुसबीचको युद्ध अन्त्य हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad