चिनियाँ राष्ट्रपति सी चिनफिङ र तीन दिनपछि शपथको तयारी गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार शुक्रबार उनीहरूबीच फोनमा कुरा भएको हो।
ट्रम्पले चुनाव जितेलगत्तै आफू सीसँग सम्पर्कमा रहेको बताएका थिए। चीनले पनि दुई साताअघि यी दुई नेताहरू आपसी संवादमा रहेको पुष्टि गरेको थियो।
तर, यी दुई नेताबीच २०२१ यता पहिलोपटक प्रत्यक्ष फोनवार्ता भएको हो।
जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको शपथ लिँदै छन्। उनले सीलाई सो समारोहमा निम्त्याएका थिए। तर, उनी शपथमा सहभागी हुने छैनन्।
शपथ समारोहमा सीले आफ्ना उपराष्ट्रपति हान चेङलाई पठाउने छन्। एजेन्सी
471
Shares

प्रतिक्रिया