ग्लोबल


अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा रहेका बेला उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

अमेरिकी विदेशमन्त्री दक्षिण कोरियामा रहेका बेला उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

नेपालखबर
पुस २२, २०८१ सोमबार २१:४३, काठमाडौँ

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

दक्षिण कोरियाले पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रहार गरेको यो पहिलो मिसाइल हो।

दक्षिण कोरियाली सेनाले भन्यो, ‘यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको थियो।’

दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’को कडा निन्दा गरेको जनाएको छ।

उत्तर कोरियाले यस्तो समयमा क्षेप्यास्त्र प्रहार गरेको हो जतिबेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्दै छन्।

अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योलले हालै देशमा मार्सल ल लागू गर्ने असफल प्रयास गरेका थिए।

यसपछि उनलाई महाभियोग लगाएर राष्ट्रपति पदबाट निलम्बन गरिएको छ। 

यसबीच उनीविरुद्ध पक्राउ पुर्जी जारी भई पक्राउको प्रयास पनि भएको छ। तर उनका सुरक्षामा खटिएका सेनाले रोकेका कारण उनलाई पक्राउ नगरी प्रहरी उनको निवासबाट फर्किन बाध्य भएको थियो। 

जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया गएको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad