ग्लोबल


छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार

छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार

फाइल तस्बिर: मारिएका पत्रकार मुकेश चन्द्कार र मुख्य अभियुक्त सुरेश चन्द्राकार


नेपालखबर
पुस २२, २०८१ सोमबार १०:१५, काठमाडौँ

भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ।

३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए। पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो।

सेप्टिक ट्यांकी अभियुक्त ठेकेदार मुकेश चन्द्रकारका मजदुर बस्ने ठाउँमा निर्माण गरिएको हो।

यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश चन्द्राकार र दिनेश चन्द्राकारसहित सुपरभाइजर महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

वास्तवमा, डिसेम्बरमा पत्रकार मुकेश चन्द्राकारले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए।

यो खबरपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो।

जनवरी १ गते साँझ पत्रकार मुकेश चन्द्राकारलाई रितेश चन्द्राकारले घरमा खाना खान बोलाए।

बस्तर प्रहरीका अनुसार त्यो साँझ खाना खाने क्रममा रितेश र मुकेशबीच झगडा भयो र त्यसपछि मुकेशको हत्या भयो।

भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको बस्तरमा भएको यो हत्या घटना भारतभर चर्चाको विषय बनेको छ।

भारतीय माओवादी प्रभावित बस्तरमा पत्रकारिता चुनौती बनेको भन्दै भारतका पत्रकारले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad