रुसले सहयोग गर्न आएका उत्तर कोरियाली सैनिकहरूमध्ये एक बटालियन फौज दुई दिनमै गुमाएको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
उत्तर कोरियाली फौजलाई रुसले कुर्स्क क्षेत्रमा खटाएको छ।
सेनाबाट प्राप्त रिपोर्ट भन्दै जेलेन्स्कीले सो दाबी गरेका हुन्।
‘आज र हिजोगरी रुसी सेनाले एक बटालियन उत्तर कोरियाली सैनिक र रुसी प्याराट्रुपर गुमाएको छ,’ जेलेन्स्कीले भनेका छन्।
हालै दक्षिण कोरियाली गुप्तचर निकायले एक घाइते उत्तर कोरियाली सैनिकलाई युक्रेनी सेनाले कब्जा गरेको र पछि ती सैनिकको मृत्यु भएको बताएको थियो।
करिब ११ हजार उत्तर कोरियाली सैनिक रुसमा छन्। यसअघि जेलेन्स्कीले कुर्स्क क्षेत्रमा ३ हजार उत्तर कोरियाली सैनिकहरू घाइते भएको तथा मारिएको दाबी गरेका थिए।
दक्षिण कोरियाली अधिकारीहरूले उत्तरले थप सैनिक रुस पठाउने तयारी गरिरहेको अनुमान गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया