तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ।
यसैबीच दलाई लामाले आफू ११० वर्षसम्म बाँच्ने दाबी गरेका छन्।
८९ वर्षीय दलाई लामालाई गत जुनमा घुँडाको शल्यक्रियाका लागि न्युयोर्क लगिएको थियो।
यससँगै दलाई लामाबिना तिब्बती बौद्धहरूको भविष्यबारे के होला भन्ने चर्चा तीव्र बनेको हो।
तर, दलाई लामाले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका हुन्।
समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मेरो सपनामा म सायद ११० वर्ष बाँच्नेछु।
उनले आफ्नो घुँडा पनि निको भइरहेको बताएका छन्। दलाई लामाले भनेका छन्, ‘यो गम्भीर समस्या होइन।’
उनले चीनले कसैलाई आफ्नो उत्तराधिकारी चुनेमा सम्मान नगर्ने चेतावनीसमेत दिएका छन्।
534
Shares

प्रतिक्रिया