जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा कम्तीमा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्।
बीबीसीका अनुसार यो दुर्घटना जर्मनीको म्याग्डेबर्गमा भएको हो। मृत्यु हुनेमा एक बालक पनि छन्।
सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको देख्न सकिन्छ।
स्थानीय अधिकारीहरू भन्छन्, यो आक्रमण जानाजानी भएको हुनसक्ने आशंका छ।
टीभीबाट प्राप्त तस्बिरमा एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ।
ती व्यक्ति ५० वर्षीय साउदी नागरिक रहेको प्रहरीले जनाएको छ। उनी सन् २००६ देखि जर्मनीमा डाक्टरका रूपमा कार्यरत थिए।
102
Shares

प्रतिक्रिया