ग्लोबल


युक्रेनसँग सम्झौताका लागि तयार छु : पुटिन

युक्रेनसँग सम्झौताका लागि तयार छु : पुटिन

नेपालखबर
पुस ४, २०८१ बिहिबार १८:५१,

रुसी राष्ट्रपति भ्लादिमिरले वार्षिक पत्रकार सम्मेलनमा बिहीबार ३ घण्टा १७ मिनेटदेखि प्रश्नहरुको जवाफ दिइरहेका छन्। पत्रकारको मात्र होइन, भिडिओ लिंकमार्फत सर्वसाधारणको प्रश्न पनि उनले लिइरहेका छन्। हालसम्म उनलाई २४ लाख प्रश्न सोधिसकिएको जनाइएको छ।

त्यसै क्रममा उनलाई सोधियो– तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ कि नाइँ?

पुटिनले जवाफ दिए, राजनीति भनेकै सम्झौताको कला हो। उनले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

वार्तामा बस्न युक्रेनले अस्वीकार गर्दै आएको उनको भनाइ छ।

२०२२ मा इस्तानबुलमा युक्रेनले सहमति जनाएको छर, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उक्साएपछि त्यसबाट पछि हटेको पनि उनले बताए।

उतिबेला जोनसनले पुटिनको सो भनाइको खण्डन गरेका थिए।

तर, वार्ता गर्दा आफूले युक्रेनी संसदसँग मात्र गर्ने उनको भनाइ छ। चुनाव सारेर भ्लादिमिर जेलेन्स्कीले वैधता गुमाइसकेको पुटिनले बताए। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad