ग्लोबल


चिनियाँ शासनको २५औँ वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

चिनियाँ शासनको २५औँ वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

नेपालखबर
पुस ३, २०८१ बुधबार २०:२८, मकाउ

चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन्। 

सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

पोर्चुगलको पूर्व उपनिवेशलाई सन् १९९९ डिसेम्बर २० मा ‘एक देश, दुई प्रणाली’ ढाँचा अन्तर्गत चीनलाई हस्तान्तरण गरिएको थियो, जसले चिनियाँ मुख्य भूमिभन्दा स्वायत्तता र व्यापक नागरिक स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो।

चीनमा एक मात्र स्थान जहाँ क्यासिनो जुवालाई अनुमति दिइएको मकाउ सहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबका रूपमा रहेको लास भेगसलाई उछिनेको छ।

भ्रमणका क्रममा सी मकाउको नयाँ प्रशासनको उद्घाटन समारोहमा सहभागी हुनाका साथै निरीक्षण भ्रमण पनि गर्ने सिन्ह्वाले जनाएको छ। 

मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ-फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रूपमा शुक्रबार शपथ खानेछन्।

मकाउको ८१ प्रतिशत हिस्सा राजस्व संकलन क्यासिनोबाट गर्छ। सामले मकाउले क्यासिनोमा मात्र भर पर्नेभन्दा यसलाई अन्य स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। 

‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले एएफपीसँग बताएका छन्।

क्यासिनो कन्सल्ट्यान्ट बेन लीले भने, ‘राष्ट्रपति सी सम्भवतः मकाउका व्यवसायीहरूले दुई वर्षअघि वाचा गरेको गैरखेलजन्य लगानीको लागि प्रोत्साहन गर्न चाहनुहुन्छ।’

मकाउलाई आंशिक रूपमा विकासको लागि भूमि आपूर्ति बढाउनको लागि भाडामा दिइएको हेङ्किन टापुको पनि भ्रमणको सम्भावना रहेको लीले बताए। 

सीको यात्रा कार्यक्रमबारे पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन।

अधिकारीहरूले राष्ट्रपति सीको भ्रमणका अवसरमा मकाउमा ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध र रेल सेवाहरूको आंशिक निलम्बनसहितका सुरक्षा उपायहरू बढाएका छन्।

फेरीबाट एक घण्टाको दूरीमा रहेको हङकङबाट आउने आगन्तुकहरू र हङकङ, मकाउ र झुहाई जोड्ने विशाल पुलमा चालकहरूका लागि सुरक्षा जाँच बढाइएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad