अमेरिकाले सिरियामा बसर अल असदको सरकारलाई पतन गर्ने विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएस) सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलोपटक स्वीकार गरेको छ।
बीबीसीका अनुसार अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनमा त्यस्तो बताएका हुन्। ‘हामी एचटीएस र अन्यसँग सम्पर्कमा छौँ’, उनले भने।
तर, अमेरिकाले हयात तहरिर अल-शामलाई आतंकवादी संगठन घोषणा गरेको छ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरिया 'अराजकताको अवस्थामा' पुगोस् भन्ने नचाहेको बताएका छन्।
हालै सिरियामा एचटीएसको नेतृत्वमा विद्रोही समूहले बसर अल-असदको सरकारलाई हटाएको छ। जसका कारण सिरिया स्वतन्त्र भएको घोषणा गरिएको छ।
333
Shares

प्रतिक्रिया