ग्लोबल


सिरियाको अन्तरिम प्रधानमन्त्रीमा मोहम्मद अल-बसिर नियुक्त

सिरियाको अन्तरिम प्रधानमन्त्रीमा मोहम्मद अल-बसिर नियुक्त

मोहम्मद अल-बसिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार २१:१५, काठमाडौँ

सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई महत्त्वपूर्ण मद्दत गरेका मोहम्मद अल-बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेलिभिजन सम्बोधनमा अल-बसिरले आफू अर्को वर्ष मार्च १ सम्म पदमा रहन तयार रहेको बताएका छन्।

मोहम्मद अल-बसिरले सानो मन्त्रिपरिषद्‌को नेतृत्व गर्नेछन्। सार्वजनिक सेवा पुनः सञ्चालन गर्नयसो गरिएको हो।

मोहम्मद अल-बसिर हाल इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन्।

केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेका बेला यो घोषणा भएको हो।

एलेप्पो, हामा र होम्सपछि विद्रोहीले आइतबार राजधानी दमास्कस कब्जा गरेका थिए।

यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए। देश छाडेर भागेका तत्कालीन राष्ट्रपति बसर अल असदलाई रुसले आश्रय दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad