ग्लोबल


असदको सत्ता ढलेपछि लेबनान र जोर्डनबाट धमाधम स्वदेश फर्किन थाले सिरियाली नागरिक (तस्बिर)

असदको सत्ता ढलेपछि लेबनान र जोर्डनबाट धमाधम स्वदेश फर्किन थाले सिरियाली नागरिक (तस्बिर)

नेपालखबर
मंसिर २४, २०८१ सोमबार ८:३५, काठमाडौँ

सिरियामा राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक धमाधम स्वदेश फर्किन थालेका छन्।

आइतबार सार्वजनिक तस्बिरमा उल्लिखित दुई देशबाट सिरियाली नागरिक सिरियाको सीमामा प्रवेश गरिरहेका देखिन्छन्।

समाचार एजेन्सी एएफपीका एक संवाददाताले लेबनान-सिरिया सीमामा मस्ना क्रसिङमा दर्जनाैँ कार लाइनमा रहेका र भीडले बसर अल-असदविरुद्ध नारा लगाएको बताएका छन्। 

जोर्डन निवासी एक व्यक्तिले समाचार एजेन्सी रोयटर्ससँग भने, "म जोर्डनमा १२ वर्षदेखि छु। जब हामीले बसर अल-असदको सरकार पतन भएको खबर सुन्यौँ, तब हामी भावुक भयौँ। अब सुरक्षित रूमा देश फर्किन सक्छौ।”

सिरिया फर्किंदै गरेका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad