सिरियामा विद्रोही समूहले सेना फिर्ता भएपछि हामा सहर पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ।
बीबीसीको समाचारअनुसार इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएस) का नेता अबु मोहम्मद अल–जवलानीले हामामा विजय घोषणा गरेका छन्।
उनले सहरमा ‘कसैबाट बदला नलिने’ बताएका छन्।
यसअघि विद्रोही र उसका सहयोगीले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए। त्यसपछि उनीहरूले भीषण लडाइँका बीच कैदीहरूलाई रिहा गरेका थिए।
एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा १० लाख मानिस बस्छन्।
69
Shares

प्रतिक्रिया