मंगलबार राति राष्ट्रपति युन सुक योलले जंगी शासन घोषणा गरेपछि दक्षिण कोरियालीहरू केही समयलाई आत्तिए। तर, त्यस्तोमा एक महिलाले देखाएको बहादुरीको भने धेरैले चर्चा गरेका छन्।
सैन्य शासन घोषणापछि सशस्त्र सैनिकहरू संसद् भवनमा पसे। उनीहरूको बाटो छेकेर ती महिला उभिइन्।
३५ वर्षीया आन ग्वी रियोङ विपक्षी डेमोक्र्याटिक पार्टीकी एक प्रवक्ता हुन्। उनी संसद् भवनमा आइपुग्दा भर्खरै रातिको ११ बजेको थियो।
आकाशमा हेलिकोप्टर उडिरहेका थिए।
उनी मुख्य भवनमा पुग्दा सरकारी अधिकारी, सांसदका सहयोगी र सर्वसाधारणसँग सैनिकहरू धकेलाधकेल गरिरहेका थिए।
जब सैनिकहरू अघि बढ्न थाले, तब आन उनीहरूलाई रोक्न अघि सरिन्।
‘साँच्चै भन्दा सुरुमा मलाई डर लागेको थियो। तर, धकेलाधकेल देखेपछि मलाई लाग्यो, म चुप बस्न सक्दिनँ। जसरी पनि मैले रोक्नुपर्छ भन्ने लाग्यो,’ उनको भनाइ बीबीसीले उधृत गरेको छ।
이 여성분 엄청 용감하심 군인한테서 총 빼앗으려고 하시다가 총 겨눠지기까지 하는데 절대로 굴하지 않아 pic.twitter.com/tk0nG1MO2L
— 蕉文 (@youlu_v0v) December 3, 2024
उनी अघि बढिन् र एक सैनिकको बन्दुक समातिन्।
निकैबेरको प्रयासपछि मात्र ती सैनिक उनको हातबाट बन्दुक फुत्काउन सफल हुन्छन्।
‘२१औँ शताब्दीको कोरियामा यस्तो हेर्नुपर्दा मुटु छियाछिया हुन्छ,’ उनले भनेकी छन्। एजेन्सी
Shares

प्रतिक्रिया