ग्लोबल


दक्षिण कोरियाको संसदमा पसे सैनिक, छानामा बस्यो हेलिकोप्टर

दक्षिण कोरियाको संसदमा पसे सैनिक, छानामा बस्यो हेलिकोप्टर

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार २१:४८,

दक्षिण कोरियाली राष्ट्रपतिले सैन्य शासन लागू गरेपछि मुलुक अस्तव्यस्त र अन्यौलग्रस्त बनेको छ।

सेनाले संसदीय र राजनीतिक दलका गतिविधिमा प्रतिबन्ध लगाएको छ। 

संसदमा विशेष टुकडीका सैनिकहरु प्रवेश गरेका छन्। संसदको छानामा हेलिकोप्टर अवतरण भएका छन् भने कयौँ हेलिकोप्टरले वरिपरिको आकाशमा फन्को मारिरहेका छन्।

राजधानी सोलका बासिन्दा मुठभेडको आशंकाले त्रसित् भइरहँदा विपक्षी डेमोक्र्याटिक पार्टीले आफ्ना सबै सदस्यहरुलाई संसदमा भेला हुन आह्वान गरेको छ।

संसद भवनबाहिर ठूलो भीड जम्मा भएको छ। सो क्रममा धक्कामुक्की भएको बताइएको छ।

हाल करिब ७० सांसद संसद् भवनभित्र रहेको बताइएको छ। सभामुख आइपुगेपछि उनले सैन्य शासन हटाउन मतदान गराउने सांसदहरुको भनाइ छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad