भारतीय राज्य तमिलनाडुमा फेंगल चक्रवातका कारण राजधानी चेन्नईलगायत धेरै क्षेत्रमा भारी वर्षा भएको छ। जसका कारण ती स्थान जलमग्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तमिलनाडु प्रदेश सरकारले विद्यालय तथा कलेजमा बिदा दिँदै माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिएको छ।
तमिलनाडु र पुडुचेरीमा प्रशासनले उच्च सतर्कता घोषणा गरेको छ र शैक्षिक संस्थालाई कुनै पनि प्रकारका परीक्षा वा विशेष कक्षा सञ्चालन नगर्न भनेका छन्।
फेंगलका कारण तमिलनाडुका धेरै ठाउँमा भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ।
भारी वर्षाका कारण धेरै उडान रद्द गरिएका छन् भने चेन्नई एयरपोर्ट पनि अस्थायी रूपमा बन्द गरिएको छ।
हेर्नुहोस् तस्बिर-





387
Shares

प्रतिक्रिया