चीनले जासुसी गरेको गरेको भन्दै एक पत्रकारलाई ७ वर्षको जेल सजाय सुनाएको छ।
बीबीसीका अनुसार चिनियाँ पत्रकार ६२ वर्षीय डोङ युयुलाई ७ वर्षको जेल सजाय सुनाइएको हो।
सन् २०२२ फेब्रुअरीमा विन्टर ओलम्पिक सकिएको भोलिपल्ट बेइजिङमा जापानी कूटनीतिज्ञसँग खाना खाइरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उनी प्रायः अमेरिका र जापानका पत्रकारहरूसँग कुराकानी गर्थे र कहिलेकाहीँ विदेशी कूटनीतिज्ञहरूसँग पनि भेट्थे।
पक्राउ पर्ने बेला उनी ‘गुआङमिङ डेली’मा वरिष्ठ पत्रकारका रूपमा कार्यरत थिए। यो पत्रिका चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित पाँच प्रमुख पत्रिकामध्ये पर्छ।
84
Shares

प्रतिक्रिया