ग्लोबल


सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसंघ

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसंघ

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १३:४, काठमाडौँ

सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा  बालिकाको हत्या भएको राष्ट्रसंघ ले जनाएको छ। जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघ को लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसंघ को महिला विभागले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक दस मिनेटमा एक महिलाको  हत्या भएको पुष्टि गरेको छ।

प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ त्यसपछि अमेरिका र ओसिनिया छन्।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीको लागी जिवितहरुलाई सहयोग सुनिश्चित गर्नु पर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसा अन्त्य गर्न आह्वान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad