भारतीय राज्य महाराष्ट्रका वर्तमान उपमुख्यमन्त्री तथा भाजपा नेता देवेन्द्र फडणविस नागपुर दक्षिण पश्चिम सिटमा चार हजारभन्दा बढी मतले अगाडि भइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार जारी मतगणनामा उक्त सिटमा कंग्रेस उम्मेदवार प्रफुल्ल गुडाधे दोस्रो स्थानमा छन्।
यस सिटमा कूल १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
२०१९ को चुनावमा देवेन्द्र फडणविस ले कंग्रेसका डा आशिष देशमुखलाई ४९ हजार ३४४ मतले हराएका थिए।
सम्पूर्ण राज्यमा भाजमा हाल ८८, शिवसेना शिन्दे गुट ४५, एनसीपी (अजित पवार) ३०, शिव सेना (यूबीटी) १८, कंग्रेस १६ मा, एनसीपीएसपी १५ र अन्य तथा स्वतन्त्र १८ सिटमा अगाडि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यही नोभेम्बर २० मा महाराष्ट्रका २८८ विधानसभा सिटमा मतदान भएको थियो।
144
Shares

प्रतिक्रिया