युक्रेनको संसद्ले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ।
युक्रेनी सांसद येभगेनिया क्रभचुकले समाचार एजेन्सी एएफपीसँग संसद्को प्रश्न अवधि रद्द गरिएको बताए।
उनले भने- आगामी दिनमा किभमा आक्रमण तीव्र हुने आशंका छ।
बिहीबार युक्रेनी वायुसेनाले रुसले डिनिप्रो सहरतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विज्ञप्ति जारी गरी भनेका थिए- रुसले ब्यालेस्टिक मिसाइलजस्तै नयाँ रकेट प्रयोग गरेको छ।
जेलेन्स्कीले यो आक्रमणले रुस युद्धलाई अझ गम्भीर बनाउन चाहन्छ भन्ने देखाएको टिप्पणी गरेका छन्।
540
Shares

प्रतिक्रिया