ग्लोबल


जेलेन्स्की भन्छन्ः युक्रेनमा रुसले फेरि गर्‍यो आक्रमण, ७ जनाको मृत्यु

जेलेन्स्की भन्छन्ः युक्रेनमा रुसले फेरि गर्‍यो आक्रमण,  ७ जनाको मृत्यु

फाइल तस्बिर: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १४:५०, किएभ(युक्रेन)

सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सात जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताएका छन्। 

सुमी रुसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो।

सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हालसम्म एक बालकसहित सात जनाको मृत्यु भएको जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। 

उनले घटनास्थलबाट पोस्ट गरेको भिडिओमा उद्धारकर्मीहरूले भग्नावशेषको छानबिन गर्दै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरूलाई  निकालिरहेको देखाइएको छ। 

उनले आक्रमणमा “दुई बालकसहित दस जनाभन्दा बढी घाइते भएको र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुन सक्ने बताएका छन्। 

सुमीमा रुसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो।

रुसको निरन्तरको आक्रमणले सिमा नजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनाका साथै युक्रेनमा ऊर्जा सुविधा ध्वस्त पारेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad