ग्लोबल


ट्रम्पको जितमा इरानको प्रतिक्रियाः ह्वाइट हाउसमा जो बसे पनि हामीलाई केही फरक पर्दैन

ट्रम्पको जितमा इरानको प्रतिक्रियाः ह्वाइट हाउसमा जो बसे पनि हामीलाई केही फरक पर्दैन

डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार ९:८, काठमाडौँ

अमेरिकाको राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रम्प निर्वाचित भएपछि इरानले पनि प्रतिक्रिया दिएको छ।

बुधबार सरकारी टीभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले ट्रम्पको विजयले इरानलाई कुनै फरक नपर्ने टिप्पणी गरेका हुन्। 

इरान र इजरायलबीच अहिले तनाव छ। 

इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन। अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन। ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन।’

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए।

इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो।

समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, ‘ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन।’

उनले थपे, ‘हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन्। यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad