खेल


म्यानचेस्टर सिटीको ६ वर्षयताकै खराब हार

म्यानचेस्टर सिटीको ६ वर्षयताकै खराब हार

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ११:१३, काठमाडौँ

पेप गार्डियोला नेतृत्वको म्यानचेस्टर सिटीले सन् २०१८ पछिकै खराब हार बेहोरेको छ।

च्याम्पियन्स लिगमा बुधबार बिहान सम्पन्न खेलमा लिस्बनमा स्पोर्टिङले ४–१ को नतिजा निकाल्दा सिटीले लगातार तेस्रो हार भोग्नपर्‍यो। 

गार्डियोलाले म्यानचेस्टर सिटी सम्हालेपछि एकपटक मात्रै सिटीले एकै सिजनमा लगातार तीनपटक हार बेहोरेको छ। खराब नतिजापछि पनि गार्डियोलाले कप्तान बर्नार्डो सिल्भाको क्लब हाल अँध्यारो ठाउँमा रहेको भन्ने दाबीलाई भने अस्वीकार गरे।

अबको यात्रा चुनौतीपूर्ण भए पनि उनले त्यसलाई सामना गर्न तयार रहेको सन्देश दिए। ‘हामीलाई थाहा थियो कि यो सिजन सुरुमै कठिन हुनेछ’, उनले भने, ‘मलाई यो मन पर्छ। म यसको सामना गर्न चाहन्छु र मेरा खेलाडीहरूलाई उठाउन चाहन्छु। म हार मान्ने छैन, यो निश्चित छ।’

प्रमुख रोजाइका केही खेलाडीलाई बेन्चमा राख्दा सिटीलाई नतिजा महँगो पर्‍यो। डोकु, डे ब्रुयने र गुन्डोगानलाई सुरुमा उनले खेलाएका थिएन।

तर सिटीले खेलको चौथो मिनेटमै फिल फोडेनको गोलमा अग्रता लिएको थियो। तर पहिलो हाफको अन्तिमतिर स्पोर्टिङ खेलमा फर्कियो।

भिक्टर ग्योकेरेसले ३८औँ मिनेटमा बराबरी गोल फर्काए। म्याक्सिमिलियानो अरौजोले ४६औँ मिनेटमा अग्रता दिलाए। त्यसपछि स्पोर्टिङलाई दुईवटै गोल पेनाल्टीमा गर्‍यो। भिक्टोरले ४९औँ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे।

गार्डियोलाको डेब्यु सिजन २०१६/२०१७ मा सिटीले एभर्टनसँग ४–० को हार बेहोरेको थियो। त्यसपछिको खराब नतिजा यही थियो। आफूहरू अहिले पनि सबै प्रतियोगिताको उपाधि दौडबाट पर हटिनसकेको उनको दाबी छ। 

अब सिटीले शनिबार ब्राइटनसँग खेल्नेछ। जुन खेलमा सिटी लराब हारको शृंखला तोड्न चाहन्छ। तीन खेल हारे पनि सिटी प्रिमियर लिगमा लिभरपुलभन्दा दुई अंकले पछि दोस्रो स्थानमा छ।

च्याम्पियन्स लिगको छैटौँ स्थानमा छ। अघिल्लो चरण पुग्ने सम्भावना कायम छ। 

तर चौथो चरणका खेल सकिँदा सिटी आठौँ स्थानबाट बाहिरिने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad