अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले लस भेगासमा चुनावी कार्यक्रम गर्ने भएकी छन्।
जसमा प्रसिद्ध अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेजले पनि उपस्थित हुने बीबीसीले जनाएको छ।
यसैबीच अमेरिकी अर्बपति व्यापारी तथा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले डेमोक्र्याटिक उम्मेदवार ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन्।
आफ्नो समर्थनको घोषणा गर्दै अमेरिकी उनले- म कमला ह्यारिससँग हरेक मुद्दामा सहमत छैन, तर यो हप्ताको सुरुमा मैले बिनाहिचकिचाहट उनलाई भोट दिएँ।
माइकल ब्लुमबर्गले नीतिको कुरा आउँदा ट्रम्प र ह्यारिसबीच फरक गर्न अलि गाह्रो हुने बताए।
भर्खरै माइकल ब्लुमबर्गले कमला ह्यारिसको अभियानलाई समर्थन गर्ने गैरलाभकारी संस्थालाई ५ करोड डलर दान गरेका थिए।
126
Shares

प्रतिक्रिया