भारतीय नेता बाबा सिद्दिकीका छोरा जिशान सिद्दिकी पनि कंग्रेस छाडेर एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अजित पवारको उपस्थितिमा जिशान एनसीपीमा प्रवेश गरेका हुन्।
यस अवसरमा जिशानले भने, ‘यो मेरो र मेरो परिवारको लागि भावनात्मक क्षण हो । म अजित पवार, प्रफुल्ल पटेल र सुनील तटकरेलाई धन्यवाद दिन्छु। यो कठिन समयमा उहाँले ममाथि भरोसा देखाउनुभयो।’
उनले आफूले बान्द्रा पूर्वबाट टिकट पाएको जानकारी पनि दिए। उनले भने, ‘सबैको माया र साथले यसपटक पनि बान्द्रा पूर्वबाट अवश्य जित्नेछु भन्नेमा म विश्वस्त छु।’
जिशान सिद्दीकी यसअघि कंग्रेसको टिकटमा मुम्बईको बान्द्रा पूर्वबाट विधायक बनेका थिए। उनका दिवंगत बुबा बाबा सिद्दिकी पनि यसअघि कंग्रेसमा थिए।
तर यस वर्ष जुनमा एनसीपी (अजित पवार गुट) मा सामेल भएका थिए। बाबा सिद्दिकीलाई यही अक्टोबर १२ राति बान्द्रा क्षेत्रमा गोली हानी मारिएको थियो।
Shares

प्रतिक्रिया