ग्लोबल


बंगलादेशद्वारा हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बंगलादेशद्वारा हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १६:४१,

बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। हसिना अगस्टमा सत्ताच्युत भएपछि भारत भागेकी थिइन्।

बंगलादेशको इन्टरनेसनल क्रिमिनल ट्रिब्युनलले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनीविरुद्ध ‘मानवताविरुद्धको अपराध’मा संलग्न भएको आरोप छ। आन्दोलनमा सयौँको ज्यान गएको थियो।

२० वर्षभन्दा बढी मुलुकको शासनसत्तामा बसेकी हसिनामाथि विपक्षीहरूलाई कठोरतापूर्वक दमन गरेको आरोप छ।

हसिनासहित अरु ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएका छन्। जसमा देश छाडेर भागेका मन्त्रीहरू समेत छन्।

‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र नोभेम्बर १८ मा अदालतमा हाजिर गराउन आदेश दिएको छ,’ ट्रिब्युनलका मुख्य अभियोक्ता मोहम्मद तजजुल इस्लामले बिहीबार पत्रकारमाझ भने, ‘जुलाईदेखि अगस्टसम्म नरसंहार, हत्या र मानवताविरुद्ध अपराध हुँदा हसिना सत्तामा थिइन्।’

बंगलादेशको अन्तरिम सरकारको स्वास्थ्य मन्त्रालयले यस वर्षको प्रदर्शनको क्रममा एक हजारभन्दा बढीको ज्यान गएको बताएको छ।

बंगलादेश छाडेदेखि ७७ वर्षीया हसिना सार्वजनिक हरूमा देखिएकी छैनन्। भारतभन्दा बाहिर शरण लिने उनको प्रयास असफल भएको बताइएको छ।

बंगलादेशले उनको कूटनीतिक पासपोर्ट रद्द गरिदिएको छ। भारतसँग बंगलादेशको सुपुर्दगी सन्धि पनि छ। तर, भारतले उनको सुपुर्दगीको आग्रहलाई राजनीतिप्रेरित भन्दै अस्वीकार गर्न समेत सक्छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad