ग्लोबल


उत्तरी लेबनानमा इजरायलको हवाई हमला, २१ जना मारिए

उत्तरी लेबनानमा इजरायलको हवाई हमला, २१ जना मारिए

घटनास्थल


नेपालखबर
असोज २९, २०८१ मंगलबार १०:११, काठमाडौँ

लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानमा इजरायली हवाई हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको र आठ जना घाइते भएको दाबी गरेको छ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायलले हवाई हमला गरेको हो। जहाँ अधिकांश क्रिस्चियन बसोबास गर्छन्।

बीबीसीका अनुसार इजरायलले हिजबुल्लाहलक्षित आक्रमण गर्ने क्षेत्रबाट अयोटो टाढा छ। 

स्थानीयका अनुसार यस ग्रामीण इलाकामा द्वन्द्वका कारण विस्थापित एक परिवार बस्थ्यो। 

इजरायली सेनाले यस आक्रमणबारे अहिलेसम्म केही बताएको छैन।

तर यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका अड्डा भएका सबै क्षेत्रमा क्रूर हमला गरिने बताएका थिए।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा हालसम्म १७ सय जना मारिइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad