सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ।
यसपटक अर्थशास्त्रको नोबेल पुरस्कार डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई दिइएको छ।
यो अवार्ड संस्था कसरी निर्माण हुन्छ र यसले समृद्धिलाई कसरी प्रभाव पार्छ भन्ने अध्ययनका लागि दिइन्छ।
यो घोषणा सोमबार स्टकहोममा गरिएको हो। डारोन एसिमोग्लु र साइमन जोन्सन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा तथा रबिन्सन सिकागो विश्वविद्यालयमा काम गर्छन्।
अल्फ्रेड नोबेलको सम्झनामा यो पुरस्कार प्रदान गरिन्छ।
यसअघि सन् २०२४ का लागि नोबेल शान्ति पुरस्कार जापानमा भएको आणविक हमलामा बाँचेकाहरूको समूह निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो। यो संस्था सन् १९५६ मा स्थापना भएको हो।
126
Shares

प्रतिक्रिया