ग्लोबल


बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट

बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट

नेपालखबर
असोज २५, २०८१ शुक्रबार ८:२७, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पेन्सिलभेनियाको पिट्सबर्गमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई भोट दिन आग्रह गरेका छन्।

ओबामाले नागरिकलाई अपिल गर्दै भने- बाहिर निस्किनुहोस् र कमला ह्यारिसलाई मतदान गर्नुहोस्।

ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने पनि बताए।

आफ्नो सम्बोधनका क्रममा पूर्वअमेरिकी राष्ट्रपति ओबामाले कमला ह्यारिसलाई उनको नीतिका लागि मात्र नभई उनका मूल्यमान्यता र सिद्धान्तका लागि पनि मतदान गर्न नागरिकसँग अनुरोध गरे। 

कमला ह्यारिसलाई समर्थन जुटाउने क्रममा साथै ओबामाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना पनि गरे।

उनले अर्थव्यवस्था र गर्भपतनलगायत धेरै मुद्दामा उनले ट्रम्पको विरोध गरे। यसबाहेक उनले सेप्टेम्बर १० मा भएको राष्ट्रपतीय बहसका विषयमा पनि ट्रम्पको आलोचना गरे। 

उनले स्वास्थ्य सेवाबारे ट्रम्पसँग कुनै ठोस योजना नभएको जकिर पनि गरे। तर ह्यारिससँग अमेरिकाको लागि 'वास्तविक योजना' रहेको दाबी ओबामाले गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad