अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन्।
उनले प्रधानमन्त्री मोदीलाई आफ्नो ‘मित्र’ भन्दै एकदम असल व्यक्तिका रूपमा वर्णन गरेका छन्।
फ्ल्याग्रान्ट पोडकास्टमा एन्ड्रयु शुल्ट्जसँगको कुराकानीमा ट्रम्पले प्रधानमन्त्री मोदीका लागि यी शब्द व्यक्त गरेका हुन्।
उनले भनेका छन्- मोदी मेरा मित्र र एकदम असल व्यक्ति पनि हुनुहुन्छ। उहाँ प्रधानमन्त्री हुनुअघि भारत धेरै अस्थिर थियो। बाहिरबाट उहाँ तपाईंको बुबा जस्तै देखिनुहुन्छ। उहाँ सबैभन्दा राम्रो र प्रभावशाली व्यक्ति हुनुहुन्छ।
भारतीय जनता पार्टीले पनि ट्रम्पको यो भिडिओ आफ्नो सामाजिक सञ्जाल ह्यान्डलबाट सेयर गरेको छ।
हेर्नुहोस्-
Former American President Donald Trump, in the Flagrant podcast, describes Prime Minister Modi as the nicest human being but also a total killer.
He added that Modi took him by surprise with his threat of aggressive retaliation against Pakistan when he said we would handle them;… pic.twitter.com/8oOH9ELvx3— BJP (@BJP4India) October 9, 2024
Shares

प्रतिक्रिया