ग्लोबल


अमेरिकामा आयो अर्को शक्तिशाली आँधी, ज्यान जोगाउन बाइडेनको आग्रह

अमेरिकामा आयो अर्को शक्तिशाली आँधी, ज्यान जोगाउन बाइडेनको आग्रह

नेपालखबर
असोज २३, २०८१ बुधबार ८:२२, काठमाडौँ

अमेरिकाको फ्लोरिडामा ‘मिल्टन’ नामको शक्तिशाली आँधीले आतंक फैलिएको छ।

फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ अघि बढिरहेको मिल्टन अझै शक्तिशाली बनेको र आज (बुधबार) राति पूर्ण शक्तिका साथ जमिनमा बज्रिने अनुमान गरिएको छ। 

बीबीसीका अनुसार अमेरिकी मौसमविद्हरूले पाँचौँ श्रेणीको शक्तिशाली आँधी भनेका छन्। स्थानीयले पनि यस्तो शक्तिशाली आँधी यसअघि कहिल्यै नआएको बताएका छन्। 

सम्भवतः यो शताब्दीकै शक्तिशाली आँधी हुनसक्ने अनुमान गरिएको छ। यसको सबैभन्दा बढी प्रभाव फ्लोरिडामा पर्ने भएकाले त्यहाँ आपत्‌काल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ। 

आँधीकै कारण बुधबारका लागि निर्धारित १ हजार ५०० उडान रद्द गरिएको छ।

राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।  

प्रभावति क्षेत्रका नागरिकलाई ज्यानको सुरक्षा गर्न अपिल गर्दै बाइडेनले भनेका छन्, ‘यो जीवन र मरणको सवाल हो। यो फ्लोरिडामा आएको शताब्दीकै सबैभन्दा भयंकर आँधी हुनसक्छ।’ 

यस आँधीको सबैभन्दा बढी असर फ्लोरिडामा पर्ने अमेरिकी मौसमविद्हरूले बताएका छन्।

यसै कारण फ्लोरिडा प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ।

यस आँधीले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। 

केही दिन अघिमात्रै अमेरिकामा आएको हेलेन आँधीले २०० जनाभन्दा बढीको ज्यान लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad