ग्लोबल


हरियाणामा भाजापाको ‘ह्याट्रिक’, एग्जिट पोलको आकलनभन्दा अलग नतिजा

हरियाणामा भाजापाको ‘ह्याट्रिक’, एग्जिट पोलको आकलनभन्दा अलग नतिजा

नेपालखबर
असोज २२, २०८१ मंगलबार २०:१९,

भारतको हरियाणा राज्यको विधानसभा चुनाव सत्तारुढ भारतीय जनता पार्टीले लगातार तेस्रोपटक जितेको छ। 

विधान सभाका ९० मध्ये ४८ सिट जित्दै भाजपाले आफ्नै बलमा सरकार बनाउने भएको हो। अघिल्लोपटक ४० सिट जितेको भाजपाले सहयोगी दलको भरमा सरकार गठन गरेको थियो।

कंग्रेसले भने ३७ सिट मात्र जितेको छ। यद्यपि सो पार्टीले अघिल्लो पटकको भन्दा ६ सिट वृद्धि गरेको छ।

यो विधान सभा चुनावमा पनि एक्जिट पोलहरुले हावा खाएका छन्। लगभग सबै एग्जिट पोलले कंग्रेसले जित्ने प्रक्षेपण गरेका थिए।

उता जम्मु र कस्मिरमा भने नेसनल कंग्रेस र कंग्रेससहितको गठबन्धनले ९० मध्ये ४९ सिट जितेको छ। भाजपाले २९ सिटमा चित्त बुझाउनुपर्ने भएको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad