ग्लोबल


इजरायलद्वारा लेबनानमा मध्यरातिसम्म बमबारी, मानिसहरूको भागाभाग

इजरायलद्वारा लेबनानमा मध्यरातिसम्म बमबारी, मानिसहरूको भागाभाग

लेबनानमा इजरायलले गरेको बमबारी


नेपालखबर
असोज २०, २०८१ आइतबार १३:६, काठमाडौँ

लेबनानमा इजरायलको बमबारी जारी छ। इजरायली सेनाले शनिबार राति अबेरसम्म लेबनानमा बमबारी गरिरहेको थियो।

शनिबार राति इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा तीस भन्दा बढी हवाई हमला गरेको बीबीसीले जनाएको छ। 

बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहको बलियो उपस्थिति रहेको मानिन्छ। यी हवाई हमलाका क्रममा बेरुतका धेरै क्षेत्रमा आगो र धुवाँ देखिएका छन्। 

धेरै भिडिओमा लगातार विस्फोटका कारण बेरुतमा मानिसहरू यहाँबाट उता दौडिरहेको देखिन्छ। 

बीबीसी संवाददाताका अनुसार इजरायलले लेबनानका पेट्रोल पम्प वा हतियार रहेका स्थानमा आक्रमण गरेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली सहर किरियत समोनालाई लक्ष्य गरी हिजबुल्लाहले ३० रकेट प्रहार गरेको जनाएको छ। तर, अधिकांश क्षेत्र खाली गरिसकिएको छ।

हिजबुल्लाहले इजरायली सेना लेबनानको एउटा गाउँमा घुसपैठ गर्ने प्रयास गरेको तर आफूलाई निकालेको दाबी गरेको छ। 

हालै इजरायली हमलामा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएपछि इरानले पनि इजरायलमा धेरै रकेट प्रहार गरेको थियो।

इजरायलले यमनमा पनि हुथी विद्रोहीविरुद्ध बमबारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad