ad ad

ग्लोबल


चेन्नईबाट दुबई उड्न लागेको विमानमा अचानक आगो लाग्यो (भिडिओ)

चेन्नईबाट दुबई उड्न लागेको विमानमा अचानक आगो लाग्यो (भिडिओ)

आगो लागेका बेला एमिरेट्सको विमान


नेपालखबर
असोज ९, २०८१ बुधबार २२:१५, काठमाडौँ

भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति दुबईका लागि उड्न लागेको एमिरेट्सको विमानमा अचानक आगलागी भएको छ। 

तर बेलैमा आगो नियन्त्रणमा लिइएकाले विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा विमानबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उडान भर्नुअघि विमानमा इन्धन भरिँदै गर्दा यो दुर्घटना भएको बताइएको छ।

ग्राउन्ड स्टाफले खिचेको भिडियोमा विमानस्थलका कर्मचारीले आगो निभाउने प्रयास गरिरहेको देखिन्छ। अग्निनियन्त्रकहरूले आगो निभाउन विमानको पछाडिको भागमा पानी खन्याइरहेको देखिन्छ।

यो घटनापछि एमिरेट्सले विज्ञप्ति जारी गर्दै प्राविधिक गडबडीका कारण उडान ईके५४७ सेप्टेम्बर २४ का दिन गन्तव्य प्रस्थान गर्न ढिला भएको जनाएको छ।

एमिरेट्सले भनेको छ- चेन्नईबाट दुबई जाने उडान ईके५४७ मा सेप्टेम्बर २४ मा प्राविधिक समस्याका कारण ढिलाइ भयो। इन्जिनियरिङ जाँचपछि उडान दुबई जान अनुमति दिइयो। एमिरेट्स आफ्ना यात्रुहरूलाई पर्न गएको असुविधाका लागि माफी चाहन्छ र हाम्रा यात्रुहरू र चालक दलका सदस्यको सुरक्षा सबैभन्दा माथि छ। 

यो घटनापछि यात्रुमा चर्को आक्रोश देखिएको छ। सतीश नामका यात्रुले एक्समा लेखेका छन्, ‘हामीलाई विमानमा बोर्डिङ गरेपछि ५० मिनेट बाहिर उभिन लगाइयो र उडान २.५ घण्टा ढिला भयो। 

हेर्नुहोस् विमानमा आगो लागेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .