श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको जारी मतगणना दोस्रो चरणमा पुगेको छ। कुनै पनि उम्मेदवारले ५० प्रतिशत र एक मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको गणना थालिएको हो।
अब निर्वाचन आयोगले मतदाताहरूको दोस्रो र तेस्रो छनोटलाई गणना गर्नेछन्। मतदातालाई प्राथमिकताका आधारमा तीनजना उम्मेदवारमा चिनो लगाउन भनिएको थियो।
पहिलो चरणमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके अगाडि देखिएका छन्। उनले ५६ लाख मत पाएका छन्। विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन्, जसले ४३ लाख मत ल्याएका छन्।
३८ उम्मेदवारमध्ये अरु सबै प्रतिस्पर्धाबाट बाहिर भएका छन्। वर्तमान राष्ट्रपति रनिल विक्रमासिंगे पनि प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।
श्रीलंकाको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचनको मतगणना दोस्रो चरणमा प्रवेश गरेको छ। एजेन्सी
153
Shares
प्रतिक्रिया