ad ad

ग्लोबल


लेबनान: पेजर र वाकी-टकी विस्फोटमा २० जनाको मृत्यु, आज हिजबुल्लाह नेताले सम्बोधन गर्ने

लेबनान: पेजर र वाकी-टकी विस्फोटमा २० जनाको मृत्यु, आज हिजबुल्लाह नेताले सम्बोधन गर्ने

लेबनानमा पेजर विस्फोटमा मारिएका व्यक्तिको अन्त्येष्टिका क्रममा वाकी-टकी विस्फोट भए।


नेपालखबर
असोज ३, २०८१ बिहिबार ७:५४, काठमाडौँ

लेबनानको स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १८ मा भएका शृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको र ४५० जना घाइते भएको बताएको छ।

यी शृंखलाबद्ध विस्फोट वाकी–टकीमा भएका थिए। वाकी–टकी एक ताररहित मेसिन हो, जुन कुरा गर्न प्रयोग गरिन्छ।

सेप्टेम्बर १७ (मंगलबार) पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए। विस्फोटमा एक बालकसहित १२ जनाको मृत्यु भएको थियो।

विस्फोट भएका वाकी–टकी उपकरण हिजबुल्लाहले प्रयोग गरिरहेको थिए। यी विस्फोट लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए।

यस विस्फोटमा हिजबुल्लाहले इजरायललाई जिम्मेवार ठहर्‍याएको छ। तर, इजरायलले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

बीबीसीका अनुसार बिहीबार (आज) हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजना अनुमान गर्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .