ad ad

ग्लोबल


कोलकाता डाक्टर बलात्कार-हत्या प्रकरणः पूर्वप्राचार्य र प्रहरीबीच साँठगाँठको आशंका

कोलकाता डाक्टर बलात्कार-हत्या प्रकरणः पूर्वप्राचार्य र प्रहरीबीच साँठगाँठको आशंका

नेपालखबर
भदौ ३०, २०८१ आइतबार २१:२३, काठमाडौँ

भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी डाक्टरको बलात्कार–हत्या प्रकरणमा पक्राउ परेका सो कलेजका पूर्व प्राचार्य (प्रिन्सिपल) सन्दीप घोष र टाला पुलिस स्टेसनका इन्चार्ज अभिजित मण्डललाई आइतबार सियालदह अदालतमा विशेष न्यायाधीशसमक्ष पेस गरिएको छ। 

सीबीआईका वकिलका अनुसार घटनामा दुई जनाबीचको मिलेमतो पत्ता लगाउने प्रयास भइरहेको छ।

सन्दीप घोष र अभिजित मण्डललाई सीबीआईले विशेष न्यायाधीशको अदालतमा पेस गरी तीन दिन हिरासतमा राख्न अनुमति लिएको छ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) का वकिलले दुवैलाई आमनेसामने गरी सीबीआईलाई दिएको बयानको पुष्टि गर्न सकिने बताएका छन्। 

सीबीआई अधिकारीहरूले अब सन्दीप घोष र अभिजित मण्डललाई सेप्टेम्बर १७ सम्म सोधपुछ गर्नेछन्।

सन्दीप घोष आरजी कर मेडिकल कलेज र अस्पतालमा आर्थिक अनियमितता गरेको आरोपमा यसअघि सेप्टेम्बर २ मै सीबीआईले पक्राउ गरिसकेको छ। अभिजित मण्डललाई भने शनिबार साँझ पक्राउ गरिएको हो।

अदालतमा दिइएको सीबीआईको प्रतिवेदनमा भनिएको छ,  ‘अनुसन्धानका क्रममा सन्दीप घोषको भूमिका शंकास्पद देखिएको छ। साथै, उनले जानाजानी प्रमाण नष्ट गर्ने र डाक्टरको मृत्यु लुकाउने प्रयास गरेकाजस्ता कुराहरू प्रकाशमा आएका छन्।’

सीबीआईले आफ्नो प्रतिवेदनमा पनि भनेको छ, ‘टाला प्रहरी चौकीका इन्चार्ज अभिजित मण्डलले बिहान १० बजे नै घटनाको जानकारी पाए पनि   एफआईआर दर्ता भने राति ११ बजे गरिएको थियो। जसका कारण उनको भूमिका शंकास्पद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .