ad ad

ग्लोबल


आरटीविरुद्ध अमेरिकाको नयाँ आरोप- ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’

आरटीविरुद्ध अमेरिकाको नयाँ आरोप- ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’

नेपालखबर
भदौ २९, २०८१ शनिबार ८:५, काठमाडौँ

अमेरिकाले रुसी मिडिया च्यानल आरटीविरुद्ध नयाँ आरोप लगाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भनेका हुन्। 

एक शीर्ष अमेरिकी कूटनीतिज्ञले शुक्रबार पत्रकारहरूसँग भने, ‘आरटी रुसी समर्थित मिडिया आउटलेटहरूको नेटवर्कको हिस्सा हो, जसले गोप्य रूपमा अमेरिकामा लोकतन्त्र कमजोर पार्ने प्रयास गरेको छ।’ 

उनले थपे, ‘रुसी सरकारले साइबर सञ्चालन क्षमता र रुसी गुप्तचरसँग काम गर्ने एकाइलाई आरटीभित्र समावेश गरेको छ।’ 

उता आरटीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एन्टोनी ब्लिन्केनको टिप्पणीलाई लाइभ स्ट्रिम गर्दै यसलाई पछिल्लो अमेरिकी षड्यन्त्र भनेको छ। 

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसविरुद्ध प्रतिबन्ध लगाउने विशेषज्ञ बन्न अमेरिकाले ‘नयाँ काम’ गर्नुपर्ने बताएकी छन्।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावलाई प्रभाव पार्ने आरोपमा अमेरिकाले आरटीका प्रधान सम्पादक मार्गारिटा सिमोनियन तथा कर्मचारीलाई गत हप्ता नै प्रतिबन्ध लगाइसकिएको छ। 

अमेरिकी विदेश मन्त्रालयले आरटी (पहिलेको नाम रसिया टुडे) लाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशमा सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिदमा संलग्न भएको आरोप लगाएका छन्।

एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरण किन्न आरटीले अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .