ad ad

ग्लोबल


बेलायत र अमेरिकाका विदेशमन्त्री एकसाथ युक्रेनमा, रुसले इरानी मिसाइल पाएको खबरले थप युद्धको खतरा

बेलायत र अमेरिकाका विदेशमन्त्री एकसाथ युक्रेनमा, रुसले इरानी मिसाइल पाएको खबरले थप युद्धको खतरा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की (बीच) सँग भेटका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका बेलायती समकक्षी डेभिड लामी।


नेपालखबर
भदौ २७, २०८१ बिहिबार ९:३७, काठमाडौँ

बेलायतले रुसले इरानी क्षेप्यास्त्र पाएको खबरले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको बताएको छ।

युक्रेन भ्रमणमा रहेका बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले बीबीसीसँग भने, ‘रुसको भित्रसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’

लन्डनमा भएको वार्तापछि लामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका छन् र लामीले किभलाई ६० करोड पाउन्ड सहयोग गर्ने घोषणा गरेका छन्। 

यस क्रममा उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे। जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्र आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गरिरहेका छन्। 

अमेरिका र बेलायतले युद्ध थप बढ्ने भन्दै रुसको भित्रसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र  प्रयोग गर्न अनुमति दिएका छैनन्।

बीबीसीका अनुसार बुधबार जेलेन्स्कीले भने- युद्धमा रुसविरुद्ध किभको जित धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर हुन्छ। 

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दूरीका क्षेप्यास्त्रमा लगाइएको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए।

लामीले बीबीसीसँग कुरा गर्दै इरानले रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरिरहेको र अब उसका सेनाले युक्रेनभित्र प्रहार गर्न सक्ने बताए।

उनले भने, ‘यो निकै खतरनाक छ। रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .